• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

राजा फर्काउने ग्राण्ड डिजाइनमा मोहन वैद्य र विजुक्छे (भिडियोसहित)


काठमाडौँ नेपालमा राजसंस्था अन्त्य भएर मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामा गएको करिब डेढ दशक वित्यो । तर यही अवधिमा गणतन्त्र स्थापनाका लागि लडेका
योद्धाहरु नै नयाँ ढंगको राजा खोज्न थालेका छन् ।इतिहासको मसानघाटमा मिल्काईएको राजतन्त्रसंग मिलेर जानु विकल्प नरहेको भन्दै नेकपा(क्रान्तिकारी माओवादी)कामहासचिव मोहन

वैद्य ‘किरण’लेपूर्वराजालाई सल्लाहमा आउन प्रस्ताव गरे । योहो टेलिभिजनको सत्य संवादमा अन्तर्वार्ता दिदै वैद्यले राष्ट्रिय स्वाधिनतारक्षाका निम्ती नयाँ ढंगले राजासंग मिल्नुको विकल्प नरहेको समेत थप प्रष्ट पारे ।पूर्वराजा ज्ञानेन्द्र शाह नरोद्दम सिंहानुक जस्तै नयाँ ढंगले चल्न तयार भए श्रीपेचबारे फेरि सल्लाह गर्न सकिने वैद्यको भनाई छ ।मतलब, ८ दशकभन्दा बढि फ्रान्सको उपनिवेशमा रहेको कम्बोडिया १९५३ मा स्वतन्त्र बनेपछि नरोद्दम सिंहानुकले धेरैपटक प्रधानमन्त्रीको रुपमा र दुईपटक राजाको रुपमा शासन गरे । त्यहाँको संविधानले राजालाई राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई सरकार प्रमुखका रुपमा स्थापित गरेको छ । कार्यकारी अधिकारहरु प्रधानमन्त्रीमा केन्द्रित गरिएका छन । राजाको भूमिका सेरेमोनियल मात्रै छ ।त्यहाँ राजाको छोरा नै राजा हुने अनिवार्यता छैन । वैद्यले त्यही व्यवस्थालाई देखाएरनेपालका संसद्वादी दलबाट देशको रक्षा सम्भव नभएको भन्दै राजासंग मिलेर जाने विकल्प अघि सारेका हुन् ।

वैद्यले दिएको अभिव्यक्ति लगत्तै अर्का कट्टर कम्युनिष्ट नेता नेपाल मजदूर किशान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पनिउस्तै खालको अभिव्यक्ति दिए ।दुई ठुला कम्युनिष्ट नेताको अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्त समेत गर्माएको छ ।नगर्माओस पनि कसरी,राजतन्त्र अन्त्यका लागिरगत पसिना बगाएका र हजारौंलाई जनयुद्ध र आन्दोलनमा उत्रिन मोहन वैद्यले प्रशिक्षित गरेका थिए । राजतन्त्र अन्त्यका लागि उस्तै खालको भूमिका विजुक्छेको समेत थियो । तर अहिले डेढ दशक अघि मिल्काइस्केको व्यवस्था राजतन्त्रलाई नयाँ ढंगको नाम दिएर फर्काउने प्रयासमा उनीहरु सक्रिय बनेका छन् ।

नेपालमा राजा फर्काउने कुरा बच्चामा लगाएको लुगा युवा अवस्थामा लगाउन खोज्नु जस्तै हो, जुन कतैबाट पनि मिल्दैन । एकथरी नेताहरु यस्ता तर्क पनि गर्छन । मुलतः हाल सत्ताको नेतृत्व गरिरहेको र सत्ताहत्याउनत्यसकै वरिपरि घुमिरहेकाहरु राजतन्त्र फर्काउनेकुरालाई स्वीकार्दैनन् । जसमा सबैभन्दा ठुलो पंक्ति कम्युनिष्टहरुको छ । तर संसदीय व्यवस्थामाथि कम्युनिष्ट र काँग्रेसले निरन्तर अस्तित्व नै लुट्ने काम गरेपछि संसद्बाहिरका दलहरु राजासंगै घाँटी जोड्ने विकल्पबारे सोच्न थालेका हुन् ।

बढ्दो वैदेशिक हस्तक्षेप, कालापानी र लिपुलेक जस्ता सीमा विवादमा सत्ताको निरिहता,एमसीसी जस्ता अन्र्तराष्ट्रिय स्वार्थका विषयमा नेपाललाई स्वतन्त्र हुनबाट बञ्चित गरेका काँग्रेस र सत्तावादी कम्युनिष्टहरुकै कारण राजा नै ठिक भन्ने अवस्थामा पु¥याएको उनीहरु दाबी गर्छन । जुन बहसको विषय पनि हो । तथापी यसलाई हालको प्रणाली र राज्य सत्ताले जगाएको वितृष्णासंग जोडेरहेर्नेहरु भेटिने गरेका छन् ।

हेर्नुस भिडियो।

स्रोत : योहो खबर / योहो टेलिभिजन।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार