• २०८१ असोज १ गते मङ्गलवार
  • Preeti To Unicode

पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू


चितवनराप्ती नगरपालिका – ३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवन मा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ । चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१

लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् ।
१५ मिटर पर मृतकको मोबाइल फेला
चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेको चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा बोक्ने गरेको मोबाइल फेला परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको हो ।

अनुसन्धानमा खटिएको टोलीले सोमबार सुरुमा मोबाइलको ब्याट्री फेला पारेको ठाउँभन्दा करिब पाँच मिटर पर मोवाईल फेला पारेको जनाएको छ ।

घरबाट हिँडेको १० दिनपछि सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । अहिले मृतकको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।

रिपोर्ट आएपछि मृततको के कारणले मृत्यु भएको भन्ने खुल्ने बताइएको छ ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार