• २०८१ जेष्ठ ५ गते शनिवार
  • Preeti To Unicode

यसरी निकालिंदै छ घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाजलाई


काठमाडौं।पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।विमानस्थलका कर्मचारी हरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी धसिएको पाङ्ग्रालाई माथि उठाएर बाहिर निकाल्ने प्रयासमा जुटेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले

जानकारी दिए ।नाइन एन एएनएफ कलसाइनको क्यू ४००-८ जहाज काठमाडौंबाट नेपालगञ्ज जाने क्रममा थियो । सो जहाज मंगलबार बिहान ९ बजेर ३३ मिनेटमा धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा फसेको थियो ।सो जहाजमा यात्रुहरुलाई अर्को जहाजमा पठाउने तयारी छ । सो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना सवार थिए ।जहाजमा कुनै क्षति भएको छैन । सो जहाज धावनमार्गमा नभएकाले उडान भने सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार