• २०८१ जेष्ठ २ गते बुधवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ मंसिर १८ गते शनिवार, यस्तो छ आजको राशिफल


२०७८ मंसिर १८ गते, शनिवार, ४ डिसेम्बर २०२१। मार्ग कृष्णपक्ष औँसी तिथि,१३ः५१ बजेदेखि शुक्लपक्ष प्रतिपदा। विशाखा अनुराधा,११ः५७ बजेदेखि ज्येष्ठा।चन्द्रराशि–
वृश्चिक। वि.सं. मंसिर १८, २०७८ । ई.सं. ४ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस, दक्षिणायन, हेमन्त । शनिबार मार्ग कृष्णपक्ष । तिथि-औंसी,

१३:५१ बजे उप्रान्त प्रतिपदा । नक्षत्र- अनुराधा, ११:५७ बजे उप्रान्त ज्येष्ठा । योग- सुकर्मा, १०:१७ बजे उप्रान्त धृति । करण- नाग १३:५१ बजेदेखि किंस्तुघ्न, २४:४० बजे उप्रान्त कौलव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग अमृत । दिनमान २६।०५ । सूर्योदय ६:४१ । सूर्यास्त १७:०६ । दर्शश्राद्ध हलो बार्ने, निशि बार्ने औंशी ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग रहेको छ । प्रेम प्रसंग या पारिवारिक सद्भाव बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान र नयाँ कामको थालनी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक संस्थाबाट सहयोग पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार