• २०८० चैत्र १५ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ असाेज १७ गते, साेमवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ असाेज १७ गते, साेमवार, ३ अक्टाेबर २०२२।आश्विन शुक्लपक्ष अष्टमी तिथि, १६ः०० बजेदेखि नवमी। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि– धनु।आश्विन शुक्ल (दुर्गा) पक्ष
(कौलाथ्व) अष्टमी तिथि, दिउँसो ०४:०२ बजेसम्म, त्यसपछि नवमी तिथि,पूर्वाषाढा नक्षत्र, मध्यरात्रीपछि १२:५० बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त),

शोभन योग, दिउँसो ०३:४९ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा बब करण दिउँसो ०४:०२ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०२:४९ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : उत्पात, चन्द्रवणर् : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान (दिउँसो ०४:०२ बजेसम्म), त्यसपछि पूर्व, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : बिहान ०६:०९ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : महाष्टमी व्रत, मध्यरात्रीमा कालरात्रि (महानिशा पूजा), नवरात्रअन्तर्गत श्री महागौरी भगवतीको आराधना, सरस्वती पूजन, गोरखकाली पूजा, कुलक्षीभ्वय, राष्ट्रिय अभिलेखालय दिवस, विश्व संयमता दिवस,आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १८ गते : महानवमी, नवरात्रअन्तर्गत श्री सिद्धिदात्री भगवतीको आराधना,

दुर्गा नवमी, चण्डिका भगवतीको पूजा तथा बलिदान, मन्वादि, स्याक्वट्याक्व, बौद्धावतार, विश्व पशु दिवस, १९ गते : विजया दशमी, दशैंको टीका (टीकाको शुभ साइत बिहान ११:५१ बजे), नवरात्रअन्तर्गत श्री अपराजिता भगवतीको आराधना, नवरात्र व्रतको पारणा देवी/दुर्गा विसर्जन (साइत बिहान १०:३४ बजे), तुलजा भवानीको यात्रा (साइत बिहान ०७:३५ बजे), स्थिरासन/खड्ग यात्रा (साइत बिहान ०८:४७ बजे), शमी दर्शन (चालँ), जयन्ती दर्शन तथा ग्रहण, नीलकण्ठ दर्शन, विजययात्रा, सीमा उल्लङ्घन, श्री शिरडी साईबाबा पुण्यतिथि, विश्व शिक्षक दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), २० गते : श्री पापाङ्कुशा एकादशी व्रत, अन्नपूणर्ा यात्रा (असँचाल), मुहूर्त : द्रव्यप्रयोग, डेरा सर्ने (द्रष्टव्य : बिहान ०८:५४ बजेसम्म भद्रा रहेको छ)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ र लाभ दिनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, अत: संयम रहनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) श्रमको उचित मूल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा बिघ्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी पनि हुन सक्नेछ अत: आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजबाट नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक तथा समाजसेवामा पनि मन लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज १७ गते सोमवार