• २०८१ पुष ७ गते आइतवार
  • Preeti To Unicode

चाडपर्वमा हवाई यात्रा गर्दै हुनुहुन्छ ? निम्न कुराहरुमा ध्यान दिनुस नत्र यात्रा जोखिम हुनसक्छ !


दशैंतिहारको सिजन सुरु भएको छ । घर जानका लागि सवारी साधन खोज्नुपर्ने चपेटाले धेरैलाई सताउन थालिसकेको छ।हवाई यात्राको लागि होस् या त सडक यात्राको
लागि नै किन नहोस्, दशैं तिहारमा अग्रिम टिकट बुकिङको काम हरेक वर्ष चलिरहने कुरा हो । जुनसुकै सवारीमा पनि सामान्यतया सिट सुरक्षित होस् र अनावश्यक भाडाको शिकार

नभइयोस् भन्ने उद्देश्यले अग्रिम टिकट काट्ने गरिन्छ । हवाई यात्रा गर्नेहरुको हकमा त सिट क्षमताभन्दा धेरै यात्रु बोक्न सम्भव नै नभएकोले शुल्कको लागिभन्दा पनि सिट सुरक्षित गर्नकै लागि धेरैले अग्रिम टिकट बुकिङ गर्ने गर्छन् ।धेरै मान्छेलाई एउटै गन्तव्यमा पनि हवाई टिकटको शुल्क फरक किन हुन्छ ? भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । हवाई सञ्चालकहरुले टिकटको मागको आधारमा यसको मूल्य निर्धारण गर्छन् । जस्तो कुनै गन्तव्यमा जानको लागि दशैंको समयमा धेरै यात्रुले टिकट खोज्छन् । जसले गर्दा माग बढेर यसको मूल्य पनि बढ्छ । नियमित उडान भइरहेको र सामान्य मौसम हुँदा यो मूल्य घट्न पनि सक्छ । त्यसैले यो मूल्य समय र जहाज कम्पनी अनुसार फरक फरक हुन सक्छ ।एउटा कुरा चाहिँ सर्वसाधारणको लागि जहाजमा खाली सिट भए नभएको वा कति सिट बुकिङ भएको छ भन्ने हेर्ने सुविधा नहुँदा पनि धेरैलाई समस्या हुन्छ । त्यसैले केही अन्योल पनि बढाउन सक्छ । टिकटै काट्नको लागि खुलेका ट्राभल कम्पनीहरुले भने यो हेर्न पनि सक्छन् । त्यसैले डिमाण्ड कस्तो छ भन्ने थाहा पाउन कठिन छ । तर चाडपर्वमा बर्खाले बाटो भत्काएको बेलामा पनि विमानमा टिकटको मूल्य बढ्छ ।

हवाई टिकटमा बुझ्नुपर्ने कुराहरु
गाडीमा यात्रा गर्दा दोहोरो टिकट काटेर यात्रु ठग्ने गरेका धेरै समाचारहरु बन्छन् । तर हवाई टिकटमा समेत ठगी हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर कतिपयले हवाई टिकटमा समेत ठगी गरेको हुन सक्छ । त्यसैले यसमा पनि सचेत हुनुपर्छ ।पहिलो पटक हवाई यात्रामा जानेहरुले ध्यानदिनु पर्ने कुराहरु धेरै छन् । जस्तो पहिलो पटक विमान यात्रामा जानेहरुलाई एयर होस्टेजले दिएको कपास केको लागि हो ? भन्ने यकिन नहुन सक्छ । यो विमानमा चढ्दा कानको सुरक्षाको लागि भनेर कानमा राख्न दिइएको हो । यस्तै धेरै जानकारीहरु विमान यात्राको क्रममा ध्यानदिनु पर्छ ।

हवाई कुन उमेरका बालबच्चालाई छुट हुन्छ ? भन्नेमा धेरैलाई जिज्ञासा हुन सक्छ । हवाई टिकट काट्दा सामान्यतया २ वर्षसम्मका बच्चालाई शुल्क लाग्दैन । एउटा यात्रामा सीमित शुल्क करको लागि तिरे पनि त्यसभन्दा बाहेक अरु शुल्क लाग्दैन । हवाई टिकटमा ज्येष्ठ नागरिकलाई छुट हुन्छ कि हुन्न भन्ने अर्काे जिज्ञासा हुन सक्छ । सरकारी नियम अनुसार ज्येष्ठ नागरिक एवं अशक्तहरुको लागि छुटको व्यवस्था गरिएको छ । नेपाल वायुसेवा निगममा यस्तो सुविधा कार्यान्वयनमा पनि छ । तर निजी वायुसेवा कम्पनीहरुले भने यसलाई त्यस्तो कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

कतिपयको सोख हुन्छ, आफ्नो यात्रामा आफूले घरमा पालेको कुकुर, बिरालो आदि आफूसँगै लैजान पाइयोस् । तर यो हवाई यात्राको क्रममा त्यति सहज भने छैन । अहिले झनै कोरोना महामारीको समयमा कुकुर, बिरालो जस्ता पशु चौपाया लैजान झनै कडाइ गरिएको छ । अरु बेलामा पनि यस्ता चौपाया लैजानको लागि विशेष बाक्सामा एयरलाइन्स कम्पनीलाई पूर्व जानकारी दिएर मात्रै लैजान पाइन्छ । यो हवाई सेवा कम्पनी अनुसार नियम फरक हुन सक्छ ।

अर्काे कुरा विमान यात्राको क्रममा मदिरा पानको कुरा । कतिपय अन्तर्राष्ट्रिय विमान यात्रामा यात्रुलाई मदिरा दिने गरिन्छ । तर के मदिरापान गरेर विमानमा यात्रा गर्न पाइन्छ त ? यो पाइँदैन । बाहिर मदिरा पिएर विमानमा यात्रा गर्न दिइँदैन । नेपालको आन्तरिक उडानमा त विमानभित्र पनि यो प्रतिबन्ध छ । यसरी यी र यस्तायस्तै जानकारीहरु लिएर विमान यात्रामा जाँदा धेरै हदसम्म सहज हुने गर्छ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार