• २०८१ जेष्ठ ९ गते बुधवार
  • Preeti To Unicode

माधव नेपाल समूहकै बाटोमा हिँड्ने एमाले असन्तुस्ट पक्षको संकेत


काठमाडौँदेशको ठूलोदल नेकपा(एमाले)ले मंसिर १० गते नारायणी नदीको वल्लो किनारमा दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दैगर्दा पल्लो किनारमा ठूलो अक्षरमा
‘जनताको बहुदलीय जनवाद, जिन्दावाद !लेखेको देखिन्थ्यो ।मञ्चको बायाँतिर सञ्चारकर्मीका लागि बनाइएको स्थानबाट ती अक्षर अझ मज्जाले देखिन्थ्यो।नदीको एक किनारमा महाधिवेशन

र अर्को किनारमा जनताको बहुदलीय जनवादलाई सञ्चारकर्मीहरुमाझ व्यङ्ग्यकाे विषय नै बन्याे ।महाधिवेशन सकिँदा भौतिक व्यवस्थापनमा चुस्त देखिएको एमाले वैचारिक र सैद्धान्तिक बहसमा कमजोर सावित भयो । निर्धारित समयावधिभन्दा २ दिन बढाएर महाधिवेशन सम्पन्न गरेको एमालेको दशौं महाधिवेशनमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जबजको मूल मर्ममै प्रहार भएको देखिन्थ्यो । सर्वसम्मत नेतृत्व चयन गर्ने महत्वकांक्षाका साथ अघि बढेका अध्यक्ष केपी शर्मा ओलीको योजनामा भीमबहादुर रावल र घनश्याम भुसालहहरूले ‘ब्रेक’ लगाइदिए । तैपनि मोटामोटी उम्मेदवारीमा ओलीको तोक आदेश नै सदर भयो ।एमालेले वैचारिक बहस गर्ने प्रयोजनका साथ गत असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गरेको थियो । त्यो महाधिवेशनमा समेत वैचारिक र सैद्धान्तिक बहसको साटो नेतृत्वको स्तुतीमै बिताएको टिप्पणी एमाले वृत्तमै भएको थियो ।एमालेका कतिपय नेताले साैराहा महाधिवेशनमा यस्ताखाले बहस गर्ने पनि बताएका थिए । तर, यो महाधिवेशनमा समेत बहस भएनन् । एमालेमा वैचारिक र सैद्धान्तिक बहसको जमाना गएको हो ? भन्ने जिज्ञासामा उपाध्यक्षमा दोहोरिएकी नेता अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘यो आवश्यकत्ताअनुसार गर्दै जाने, हुँदै जाने कुरा हो ।’

नेतृत्व टुङ्ग्याउने सर्वाधिकार पाएका पार्टी अध्यक्ष ओलीको ‘चुनावी प्रक्रियामा नजाने’ अडानका कारण वैचारिक बहस ओझेलमा परेको कतिपय नेताहरूले महाधिवेशनस्थलमै बताए । ऐतिहासिक भनिएको महाधिवेशनमा धेरै नेता/कार्यकर्ता तथा प्रतिनिधिले वैचारिक बहस र सैद्धान्तिक विषयमा छलफल हुने ठानेका थिए । जनताको बहुदलीय जनवादका थप कार्यक्रम, कार्यान्वयनसँगै त्यसको समीक्षा र घनश्याम भुसाललगायतका नेताहरूले उठाएका विचार/सिद्धान्त तथा मार्क्सवादमाथि गतिलो चर्चा नहुनुको कारणबारे छलफल हुन्छ भन्ने ठानेका थिए । तर, त्यो भएन । यस मानेमा, माथि भनिएझैँ महाधिवशेनमा जबज र वैचारिक विमर्शको सन्दर्भ पारी नै पर्न गएको टिप्पणी पनि हुने गरेको थियो ।यसको एउटै कारण ओलीको ‘सर्वसम्मतिको अडान’ र अन्य नेताहरूको ‘पदाधिकारीको आकांक्षा’ हो । १२ गते सकिनुपर्ने महाधिवेशन बल्ल-बल्ल १४ गते सकियो । तर २ दिन लम्बिएको समयमा पनि वैचारिक छलफल भएन, पदकै लागि रस्साकस्सी र आरोप–प्रत्यारोप नै देखियो/सुनियो ।

३ दिन लामो विधान महाधिवेशनले उपलब्धिको रूपमा निर्माण गरेको विधान ३० मिनेटममै ‘च्यातचुत’ पारेर शुरूमै आफ्नो ‘वैचारिक गच्छे’ देखाएको एमाले अब ओलीअनुकूल बनेको छ ।उसो त माधवकुमार नेपाल-झलनाथ खनाल समूह पार्टी विभाजन गरेर गइसकेपछि एमालेमा ओलीकै बर्चश्व हुनेमा शंका थिएन । आखिर भयो पनि त्यस्तै । उनले महासचिवमा शंकर पोखरेललाई अघि बढाएर अबको अध्यक्षका रूपमा उभ्याएका छन् । यस्तै उनले अघिल्लो महाधिवेशनमा सचिवमा पराजित विष्णु रिमाललाई उपमहासचिव बनाए, तर सचिवमा जितेका गोकर्ण विष्ट र योगेश भट्टराईलाई सचिवमै दोहोर्‍याए । रिमाल ओलीनिकट भएर सरकार र पार्टी दुवैतिर लाभ लिन पाउने भाग्यमानी एमाले नेतामा पर्छन् ।अघिल्लो पल्टका सचिव भीम आचार्यलाई त उनले ‘टीम’ मै पनि पारेनन् । बौद्धिक नेताको छवि बनाएका घनश्याम भुसाल पनि अटाएनन् ।

आफू र आफ्नो पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवादको स्पष्ट सन्देश ‘प्रतिस्पर्धाबाट उत्कृष्टता हासिल गर’ लाई वास्ता नगरेका ओलीमा ‘सर्वसम्मतिबाट नेतृत्व’ भन्ने कुराको रटानमै रहे । उनले पटक-पटक रावललाई उपाध्यक्षमा रहन गरेको आग्रह रावलले नटेरेपछि चुनाव सम्भव भएको थियो । ‘५ भोट मात्रै आओस्, उम्मेदवारी फिर्ता लिन्नँ’ भनेर सतहमा उत्रिएका रावलले अन्ततः ओलीलाई सर्वसम्मत हुन दिएनन् । अर्थात् जबजको यही दायराभित्र उभ्याए र चुनावी प्रक्रियाबाटै अध्यक्ष बने ।

कति बन्यो त एकताको महाधिवेशन ?
५ दिनसम्म चलेको महाविधेशनका क्रममा भेटिएका प्रायः नेताहरूले ‘दशौं महाधिवेशन– एकताको महाधिवेशन’ भनेर दाबी गर्न भुलेनन् । तर, त्यसमा असन्तुष्ट हुने नेताहरूको सूची पनि लामै बन्नेछ । कतिपयले सञ्चारमाध्यममा बोले, कतिपयले सामाजिक सञ्जालमा लेखे त कतिपयले लेखेनन् बोलेनन् । महाधिवेशनबाट धेरै नेताहरू रुष्ट पनि बने हो । कतिपय नेताहरूले त माधवकुमार नेपाल-झलनाथ खनाल समूहकै बाटोमा हिँड्ने संकेतसमेत गरे । एमाले पदाधिकारीमा पराजित एक नेताले भने, ‘अब पार्टी झनै एकोहोरो बन्यो । एकतर्फी बन्यो । अब अन्य नेताहरूको केही सीप चल्नेवाला छैन । अब पार्टीमा रहेर देश र जनताको सपना देख्न गाह्रो छ ।’

जसै महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका डा. भीमबहादुर रावल, उपाध्यक्षको उम्मेदवार बनेका घनश्याम भुसाल, सचिवका उम्मेदवारद्वय टंक कार्की र भीम आचार्यका कुरा आ–आफ्नै होलान् । उनीहरूले अबको आफ्नो राजनीतिक यात्राबारे जानकारी गराउने भनेकै छन्, गराउलान् । यद्यपि यी कुराहरूले पनि नेताहरूले दोहोर्‍याइ–तेहेर्‍याइ भनेझैँ एकताको सन्देश दिएनन् ।जबकि उनीहरूले ओलीले पदाधिकारी टोलीमा अस्वीकार गरिसकेपछि उम्मेदवारी दिएका थिए । उनीहरूले त्यहीँबाटै ‘उपेक्षा’ भएको महसुस गरिरहेको सार्वजनिक रूपमा बताउँथे ।उसो त पदाधिकारीमै निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ्ग, रामबहादुर थापा, विष्णुप्रसाद पौडेललगायतका नेता पनि सन्तुष्ट छैनन् । आफूले रोजेकोभन्दा फरक पदमा व्यवस्थापन हुनुपर्दा उनीहरूको ओलीसँग चित्तदुखाइ छ । तत्कालका लागि यसमा कुनै असर नभएपनि दीर्घकालीक वैमनस्यता निको नहुनसक्छ ।

सबै तहतप्का र नेताहरूमा केही न केही असन्तुष्टि छन् । पदाधिकारीमा उम्मेदवारी दिने सोचसहित चितवन पुगेकी नेता राधा ज्ञवाली निराश भइन् । ओलीको अडानलाई लत्याउन नसकेर उपाध्यक्षमा उम्मेदवारी नदिएकी उनी भन्छिन्, ‘संगठनमा गरेको योगदान र अध्यक्ष कमरेडलाई दिएको साथका कारण पुरस्कार मिलेको हो ।’ उनी ७० बर्षे हदका कारण उम्मेदवार बन्न पाउने थिइनन् ।त्यसो त सचिव वा उपाध्यक्षको आकांक्षी रहेको बताउने लालबाबु पण्डित ओलीले पदाधिकारी टोलीमा नपार्दा महाधिवेशन नसकिँदै काठमाडौँ फर्के र केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरे । यी यावत् विषयहरूले ‘एमाले महाधिवेशन एकताकै महाधिवेशन बन्यो ?’ भनेर प्रश्न गरिरहेका छन् ।

ओलीअनुकूलको एमाले
यो महाधिवेशनबाट एमाले पूर्णरूपमा अध्यक्ष ओलीको ‘फ्लेभर’ मा गएको देखिन्छ । वैचारिक नेताहरूलाई कमै मात्र ‘स्पेश’ दिइएको एमालेभित्रकै वैचारिक नेताहरुको गुनासो छ ।

हुन पनि यो महाधिवेशनबाट ओलीकै रोजाइमा परेका नेताहरू पदाधिकारीदेखि ३०१ सदस्यीय केन्द्रीय कमिटीमा आएका छन् । आफ्ना विश्वासपात्र नेताहरू विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायतले बनाएको सूचीमा ओलीले केही थपघट गरेका थिए ।

एमाले नेतृत्व समग्र समस्याबारे जानकार नभएको र दरबारियाहरूसँग साँठगाँठ बढाउने थालेको एमालेका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाको महाधिवेशनको उद्घाटन समारोहमा ‘एमाले र राप्रपालाई एजेण्डाले एकठाउँमा ल्याउन सक्छ’ भनेर गरेको भाषणप्रति इङ्गित गर्दै उनले थपे, ‘यो अब एमाले स्वेच्छाचारी ढंगले चल्न थाल्यो र आफूखुसी चल्नेछ भन्ने कुराको प्रमाण हो ।’यस महाधिवेशनबाट एमालेमा वैचारिक नेताहरू छुटेको उनको तर्क छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार