• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ, गाडीबाट थप १६ लाख ५० हजार बरामद


संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवस्तरीय कर्मचारी ६ लाख रुपैयाँ घुससहित पक्राउ परेकाछन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका उपसचिवस्तरका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।उनलाई नक्सालको नागपोखरीस्थित

आरन्य होटलको कम्पाउन्डबाट घुससहित नियन्त्रणमा लिइएको अख्तयारले जनाएको छ। नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो। सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको भण्डारीले बताए। अहिले उनीमाथि थप अनुसन्धानको काम अघि बढाएको उनले बताए।

गाडीबाट थप १६ लाख ५० हजार बरामद
घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रकम बरामद भएको छ। उनले चढेको बा १ झ ९९४६ सरकारी नम्बरको कारबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
नेपाललाई अख्तियारको टोलीले मंगलबार साँझ काठमाडौं महानगरपालिका-१ नागपोखरीस्थित आरन्य होटल कम्पाउन्डबाट ६ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको थियो।

नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो। सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको भण्डारीले बताए। उनले चढेको गाडीमाथि खनतलासी गर्दा थप १६ लाख ५० हजार बरामद भएको हो। उनीबाट जम्मा २२ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ। उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार