• २०८१ जेष्ठ १० गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७८ पुस १८ गते आइतवार, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७८ पुस १८ गतेआइतवार, २ जनवरी २०२२। पाैष कृष्णपक्ष औँसी तिथि। मूल नक्षत्र, १६ः४७ बजेदेखि पूर्वाषाढा। चन्द्रराशि–धनु। ०५:२३ बजे पौष कृष्णपक्षको औंसी
(अमावस्या)तिथि, मध्यरात्रीपछि १२:२७ बजेसम्म,त्यसपछि प्रतिपदा(परेवा) तिथि,मूल नक्षत्र, साँझ ०४:४७ बजेसम्म,त्यसपछि पूर्वाषाढा नक्षत्र,चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त),बृद्धि

योग, बिहान १०:०९ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा चतुष्पाद करण दिउँसो ०१:३६ बजेसम्म, त्यसपछि नाग करण मध्यरात्रीपछि १२:२७ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मान सम्मान पाइनसक्छ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार